देशको आर्थिक अवस्थाबारे अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने घोषणा गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको वाह्य क्षेत्र वित्तीय क्षेत्र र सार्वजनिक वित्तका विषयमा वृहत अध्ययन गरि सरकारलाई आवश्यक सुझाव दिन उच्च स्तरीय समिति बनाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरि अध्ययन कमिटी बनाउने बताएको स्रोतले जानकारी दियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालय राष्ट्र बैंक निजी क्षेत्र र अन्य सरोकारवालाहरुलाई सहभागी गराइ समिति बनाउने अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘अहिले अर्थतन्त्रमा देखिएको समस्याप्रति प्रधानमन्त्रीज्यूले गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको छ’ ति अधिकारीले भने, ‘अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै उहाँले सरोकारवाला सबैलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनु भएको छ ।’


क्लिकमान्डु