यातायात कार्यालयको सर्भरमा समस्या, लाइसेन्सको काम बन्द

133
Shares

काठमाडौं । बागमती प्रदेशअन्तर्गत लाइसेन्स लिने प्रक्रिया हाललाई बन्द भएको छ।

बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै आइतबार बिहानबाट सर्भरमा समस्या आएका कारण स्मार्ट कार्ड वितरण बाहेकका अन्य सेवाहरु हाललाई बन्द भएको जनाएको छ ।

अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससम्बन्धित सम्पूर्ण सेवाहरु बन्द भएको सूचनामा उल्लेख गरिएको छ ।

साथै आइतबार लागि बायोमेट्रिक्स दर्ता परेका सेवाग्राहीहरुले बिहीबार बिहानबाट पुनः बायोमेट्रिक्स दर्ता गराउन पाउने समेत सूचनामा उल्लेख गरिएको छ ।