फुटपाथमा रहेका सामग्री हटाउँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा राखिएका अव्यवस्थित सामग्रीहरुलाई हटाउन थालेको छ ।

महानगरले कालीमाटीदेखि कुलेश्वरस्थित गणेशस्थानसम्म सडकको दायाँ बायाँ फुटपाथमा राखेका निर्माण सामग्रीलगायतका वस्तुहरु शुक्रबार हटाएको हो ।

महानगरले फुटपाथमा राखिएका निर्माण सामग्री, अव्यवस्थित तार, ब्लक तथा अन्य वस्तुहरु हटाएको हो ।

महानगरको टोलीले चाबहिलस्थित गोपिकृष्ण हल क्षेत्र नजिकै सडकमा राखिएका बाँसदेखि बानेश्वरदेखि एयरपोर्ट क्षेत्रसम्म सडक तथा फुटपाथमा राखिएका ब्लकलगायतका निर्माण सामग्रीहरु हटाएको छ ।


क्लिकमान्डु