सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा शुक्रबार १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु