सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु