आगामी बजेटका लागि विभागले माग्यो करसम्बन्धी सुझाव



काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि करसम्बन्धी सुझाव मागेको छ । विभागको राजस्व उपसमितिले करसम्बन्धी सुझाव मागेको हो ।

विभागले आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणालीको सुधारका विषयमा नीतिगत र कानुनी सुधारसम्बन्धी सुझाव मागेको छ ।

सरोकारवाला पक्षले चैत १५ सम्म सुझाव पठाउन सक्नेछन् । सुझाव सम्बन्धित संघ-संस्था, सरकारी निकाय, बुद्धिजीवी र सरोकारवालाले विभागको नीति विश्लेषण शाखामा पुग्ने गरी इमेल वा फ्याक्समार्फत पठाउनुपर्ने हुन्छ ।


क्लिकमान्डु