उच्च अदालतले सफाइ दिएपछि पल शाह रिहा



काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् । कारागारबाट रिहा हुने क्रममा उनले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिए ।

कारागारबाट रिहा हुँदै गर्दा उनले अहिले सबैलाई धन्यवादमात्र दिन चाहेको बताए ।

रिहा हुँदा उनी प्रफुल्ल मुद्रामा देखिएका थिए । परिवारका सदस्यसहित उनका समर्थकहरु कारागार पुगेका थिए ।

पल आज पोखरा जाने र एक दिन आराम गरेर भोलि काठमाडौं आउने तयारीमा रहेको उनी निकटहरुको भनाइ छ ।

बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् ।


क्लिकमान्डु