अनुगमनमा भेटियो सिंहदरबार भित्रको क्यान्टिनमा खान अयोग्य सामग्री, ३ लाख जरिवाना



काठमाडौं । प्रधानमन्त्री कार्यालयसहितका मन्त्रालय र विभिन्न सरकारी निकाय रेहको सिंहदरबार परिसरमामा सञ्चालित क्यान्टिनमा खान अयोग्य सामग्री भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा गरेको आकस्मिक अनुगमनमा खान योग्य, अवधि सकिएको र लेबल नै नभएका मसला तथा दुग्धजन्य पदार्थसँगै दुर्गन्धित मासु र तरकारी फेला परेको छ । विभागका बजार निरीक्षण अधिकृतको टोली गरेको अनुगमनमा यस्ता वस्तु भेटिएको हो ।

विभागले उक्त वस्तुलाई नष्ट गरेको छ भने उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र त्यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरित कसुर गरेको आरोपमा ३ लाख जरिवाना समेत गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु