मकर जितुमाया सुरी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आयोजना प्रभावित स्थानीयले आज कार्यालय समय भित्रसम्म मात्रै आईपीओमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ २९ गतेसम्म आवेदन दिने समय रहेको थियो । कम्पनीले ७ करोड ६० लाख रुपैयाँको ७ लाख ६० हजार कित्ता सेयर बिक्री निष्कासन गरेकामा आयोजना अति प्रभावित दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका– ५ र ६ का स्थानीयका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका–१, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले प्रभु, लक्ष्मी र सेन्चुरी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट पनि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु