सञ्चारमन्त्रीसँग बालेनको भेट, के भयो कुराकानी ?



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

भेटमा काठमाडौँ महानगर भित्रको तार व्यवस्थापनका विषयमा मन्त्री शर्मा र शाहबीच छलफल भएको थियो ।

अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको हो । त्यसलाई व्यवस्थित गर्नलाई कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उनीहरु बीच छलफल भएको हो ।

मन्त्री शर्माले शाहलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने बताइन् ।

त्यसअघि हाल मौजुदा कानुन र स्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेरे शहरको सुन्दरता बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

जनताले पाउने सही सूचनाको हक सूनिश्चिता गर्ने र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने ? पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने लगायतको विषयमा कुराकानी भएको थियो ।

गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको छ ।


क्लिकमान्डु