सेयर बजारमा सामान्य सुधार, माइक्रोफाइनान्स समूहको उपसूचक १०८.४५ अंकले बढ्यो




काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ४.५५ अंकले बढेर परिसूचक २०२७.१९ बिन्दुमा रोकिएको छ ।

२६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ११.९१, जीवन बीमा १३.९६, उत्पादन तथा प्रशोधन १४.८५, ट्रेडिङ समूहको उपसूचक ३०.५० अंकले घटेको छ । यस्तै बिहीबार भारी अंकले घटेको थियो ।

आइतबार भने माइक्रोफाइनान्स समूहको उपसूचक १०८.४५, विकास बैंक ३०.२०, वित्त कम्पनी ७२.२१, जलविद्युत समूहको उपसूचक १८.८८ अंकले बढेको छ ।


क्लिकमान्डु