प्रधानमन्त्री शुक्रबार कतार जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिइन् ।

प्रधानमन्त्रीले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

नेपाली दूतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कने छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् ।


क्लिकमान्डु