सरकारबाट बाहिरिने राप्रपाको निर्णय, राजीनामा बुझाउँदै



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा एमाले, माओवादी केन्द्रसहितको गठबन्धनको समीकरण फेरिएसँगै राप्रपा सरकारबाट बाहिरिने भएको हो ।

राष्ट्रपति निर्वाचनका लागि माओवादी केन्द्र, नेपाली कांग्रेससहितका ८ राजनीतिक दलले समीकरण बनाएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो

शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । राप्रपाका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

उपप्रधान तथा उर्जामन्त्री रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए ।

राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री रहेका थिए ।


क्लिकमान्डु