छायाँनाथ रारा नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

161
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल मुगुको छायाँनाथ रारा नगरपालिकाकी तत्कालीन उपप्रमुख सुन्तला रोकायासहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्वास्थ्य चौकीमो पर्खाल निर्माणमा ७ लाख ५७ हजार हिनामिना गरेको आरोपमा अख्तियारले उपप्रमुख रोकायासहित निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर पदमबहादुर बुढा र सब-ओभरसियर (करार) गडबहादुर बुढालाई भ्रष्टाचारलगायतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा १३ नम्बर वडाका तत्कालीन अध्यक्ष चक्रबहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्यहरु हजरकला कामी र हरिनी नेपाली, ११ नम्बरका वडाका तत्कालीन अध्यक्ष दानबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष जीवनबहादुर बुढा, सचिव केशबहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवाल छन् ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारी जानकारी दिए ।