अरिहान्त इन्फ्रास्टक्चरको व्यापार ६ प्रतिशतले घट्यो



काठमाडौं । अरिहन्त ग्रुपद्वारा सञ्चालित अरिहन्त इन्फ्रास्टक्चरको व्यापार करिब ६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५.६९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ८४ मा ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२१ देखि कारोबार गर्न सुरु गरेको कम्पनीले कोइला, कप्पर, ब्याट्री, कन्डक्टर, जिपसम, रेजिनजस्ता वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । विराटनगरमा कार्यालय रहेको कम्पनीले इटहरी र वीरगन्जको दुई शाखाबाट कारोबार गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले अल्पकालीन कर्जाका लागि ८९ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ । दुई दशकदेखि व्यापार क्षेत्रमा कारोबार गर्दै आएको अरिहन्त ग्रुप अटोमोबाइल, ट्रेडिङ र रेमिट्यान्स क्षेत्रमा संलग्न छ ।

कम्पनीको सन् २०२२ मा व्यापार घट्दा नाफा भने बढेको छ । कम्पनीले सन् २०२१ मा ०.३७ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा १.१६ प्रतिशतले नाफा कमाएको छ ।

जसमा कम्पनीले सन् २०२२ मा मात्रै ६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले २ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीले अधिकांश वस्तु आयात गरी नेपाली बजारमा वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा व्यापार गरेकोमध्ये ८७ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।

गिरीसकुमार लुनिया सञ्चालक समिति रहेको कम्पनीमा अरिहन्त इन्डिस्ट्रियल एण्ड कमर्सियल लिमिटेड र अरिहन्त केमिकल एण्ड अधेसिभ प्रालिको ४५.९९ प्रतिशत लगानी छ ।


क्लिकमान्डु