ओलीलाई भेट्न बालकोट पुगे भारतीय राजदूत, राष्ट्रपति निर्वाचनबारे चासो



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ ।

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ।


क्लिकमान्डु