नेप्सेले डेढ करोडमा साँढे बनाउँदै



फाइल तस्बिर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको काठमाडौंस्थित कार्यालयमा ‘बुल (साँढे)’को प्रतिमा निर्माणका लागि डेढ करोडको ठेक्का लागेको छ ।

गत मंसिर २० मा सूचना जारि गर्दै साँढेको हस्तनिर्मित प्रतिमा निर्माणसहित ‘डेमोलिसन’ र ‘रिलोकेसन’को कामका लागि नेप्सेले ठेक्का आह्वान गरेको थियो ।

आह्वान गरिएको ठेक्कामा परेका बोलपत्रहरुमध्येबाट नेप्सले डेढ करोडमा आफ्नो कार्यालयमा साँढेको प्रतिमा निर्माणका लागि ठेक्का लगाएको छ ।

उक्त ठेक्का जालपा निर्माण सेवा तथा सप्लायर्सले पाएको छ। कुल ठेक्काको रकम १ करोड ४९ लाख १७ हजार ७६६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु