घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


क्लिकमान्डु