विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल नियुक्त
काठमाडौं । सरकारले विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ ।
फागुन ४ गते बसेको मन्त्रिस्तरिय बैठकबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरेललाई सञ्चालकमा नियुक्त गरेका हुन् ।
पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् । उनले सञ्चालक रहँदा कानूनको अधिनमा रहि कम्पनीलाई सुधार गर्ने तर्फ निष्ठा पुर्वक लाग्ने बताएकी छिन् ।