विराटनगरका नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण



विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप प्रभावककारी र जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ ।

महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित १० जना नगर प्रहरीलाई १० वटा इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरेका हुन् ।

विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए । उनले जिम्मेवार भएर छिटो छरितोरुपमा काम गर्न निर्देशनसमेत दिए ।

सो अवसरमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, राम पोखरेल, सूर्यनारायण महतो, जितेन्द्रकुमार साहलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।


क्लिकमान्डु