धरानमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो हुने



इटहरी । फागुन ११ गते बिहीबारबाट प्रदेश एकको शहर धरानमा सुरु हुन लागेको धरान एक्पो अन्तराष्ट्रिय स्तरको हुने भएको आयोजकले जनाएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार ९९ लाख ५० हजारको बजेटमा एक्पोको तयारी भइरहेको छ ।

धरान एक्पोका स्टल व्यावस्थापन संयोजक विष्णु बरालका अनुसार डोम प्रविधिबाट पहिलो पटक धरानमा स्टल राख्न लागिएको छ । बिराटनगरसम्म आएको डोम प्रविधि धरानमा भने पहिलो पटक भित्रिन लागेको हो ।

डोम प्रविधिका ७० समेत गरि जम्मा १२३ वटा स्टल रहनेगरी एक्पोको तयारी भएको बरालले बताए । धरानका रैथाने सामाग्रीलाई प्राथमिकता दिएर धरानको सुनसरी उद्योग वाणिज्य संघले एक्पोको आयोजना गर्न लागेको र सुनसरी भरीकै उद्यामीहरुको व्यवसाय प्रवर्धन गर्न धरान एक्पो महत्त्वपूर्ण हुने उनले बताए ।

एक्सपोमा स्वास्थ्य सम्बन्धिका स्टलहरु पनि राखिने र त्यहाँ डाइटिसियनद्वारा खाद्य प्रणालीको ज्ञान दिने, भिजिटरहरुको शरीरको सुगर जाँच गर्ने र दैनिक त्यसको रिपोर्ट समेत दिने गरी तयारी भइरहेको स्टल व्यवस्थापन संयोजक बरालले बताए ।

हलसम्म भएका महोत्सवभन्दा मौलिक र फरक प्रकारको बनाउनका लागि मौरिका मह, अर्गानिक उत्पादनका साथै साहित्य सम्बन्धि स्टलसमेत राखिने र साहित्यका कितावको समेत प्रदर्शनी र बिक्री वितरण गरिने आयोजकले बताएका छन् ।

एक्पोमा बैँक तथा वित्तीय संस्थाका साथै धरानका घरेलु उत्पादन सुकुटी , माछाको अचार, जस्ता सामाग्रिहरु समेत राखिने भएको छ ।

यसका साथै अन्तर्राष्टिय स्तरको बनाउनका लागि पाकिस्तानमा उत्पादन हुने छालाका उत्पादन, बंगलादेसमा उत्पादन हुने गार्मेन्टका उत्पादनका साथै भारतमा उत्पादन हुने सामाग्रीहरु समेत स्टलमा राखिने बताइएको छ ।

धरानलाई फूलबारीको शहर भनेर चिनाउनका लागि बिभिन्न प्रकारका फूलका सामाग्री समेत स्टलमा राखिने छ भने दैनिक उपभोग्य सामाग्रीहरु बाहिरभन्दा छुट मूल्यमा स्टलबाट उपलव्ध हुने छ भने एक्पो भरी धरान आउने भिजिटरलाई सस्तो मूल्यमा होटल उपलव्ध गराउनका होटलको स्टलसमेत राखिने संयोजक बरालले जानकारी दिए ।

प्रदेश एकका मुख्यमन्त्री हिक्मत कार्कीबाट उद्घाटन हुने एक्पो समापनका लागि पर्यटन मन्त्रीलाई आमन्त्रण गर्ने तयारी भइरहेको आयोजकको भनाइ छ ।

एक्सपोमा हरेक दिन राष्ट्रिय स्तरको कलाकारबाट मनोरन्जनात्मक प्रस्तुतीको व्यवस्था गरिएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।


क्लिकमान्डु