सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । गत हप्ता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आइतबार उकालो लागेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आइतबार १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु