पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा अर्को वर्ष पनि बिदा



काठमाडौं । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले बिदा आगमी भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय भएको जानकारी दिइन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्दै २ दिन बिदा थप गरि पात्रो प्रकाशनमा अनुमति दिने निर्णय गरेको छ ।

२०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको मन्त्री शर्माले बताइन् ।

पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरिएको उनले जानकारी दिएन् । सरकारले यसवर्ष पनि पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा बिदा दिएको थियो ।


क्लिकमान्डु