सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।
यो दिन बजार १६.४० अंकले घटेर परिसूचक २१०५.४६ बिन्दुमा रोकिएको छ । २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँमा किनबेच भएको छ ।
रोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १०.४७, विकास बैंक ३६.८४, वित्त ११.०६, होटल २६.९५, जलविद्युत २४.२६, जीवन बीमा ८५.३८, माइक्रोफाइनान्स ४६.९३, निर्जीबन बीमा ४९.७९, ट्रेडिङ समूहको उपसूचक ११.१६ अंकले घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १६.१७ अंकले बढेको छ ।
बजार राताम्मे बन्दा पनि यूनिलिभर नेपाल, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, नेपाल इन्स्योरेन्स, सामालिंक पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाराही हाईड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी पावर र एनआईसी एशिया बैंक रहेका छन् ।