एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थपिएको छ ।
सोमबार जनयुद्ध दिवसका लागि सरकारले सार्वजनिक बिदा दिएका कारण आवेदन दिने समय एक दिन थपेको कम्पनीले जनाएको छ । आईपीओमा बुधबारसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएकामा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ताका लागि आवेदन दिनसक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिने छ ।