भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा जाने नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय नौमुले द्धारी–३ दैलेखका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाका अन्य स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । आयोजना प्रभावितले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नदिएको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ ।

यस्तै वैदेशिक रोजगारीमा जानेले फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीय र वैदेशिक रोजगारीमा जानले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । आयोजना प्रभावितले एनआईसी एसिया, ग्लोबल आइएमई र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु