सेयर बजारप्रति राष्ट्र बैंक कहिल्यै नकारात्मक छैनः गभर्नर अधिकारी
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट बैंक कहिल्यै पनि सेयर बजारप्रति नकारात्मक नरहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सेजन अवार्ड’ तथा नेपालको अर्थतन्त्रको अबको बाटो बिषयक छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले पुँजीबजारको नियमन गर्ने छुट्टै नियामक निकाय रहेको भन्दै राष्ट्र बैक कहिल्यै पनि नकारात्मक नरहेको बताए । उनले नेपालको पुँजीबजार राष्ट्र बैकको नियमनको दायरामा नपर्ने समेत जानकारी गराए ।
केन्द्रीय बैंकको नियमन को दायरामा फराकिलो रहेको र केही असर परेको हुनसक्ने बताए । सेयर बजार माथी नै जाने भन्दै कुनै बेला तल झर्नुलाई अस्वभाविक मान्न नहुने बताए ।