रिलायबल नेपाल लाइफको नाफा २१.९० प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७२ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा १०.७४ प्रतिशतले थोरै हो । गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा भने २१.९० प्रतिशतले बढेको छ । इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा २२ करोड रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ताका लागि २४ करोड ८० लाख रुपैयाँ खर्चेको छ ।

२ हजार १४३ वटा बीमा दावीवापत ५७ करोड ५ लाख ७४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

२ अर्ब ० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बीमा कोषको आकार ५५.८१ प्रतिशतले बढेर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ सञ्चित थियो ।


क्लिकमान्डु