कृषि उपजको व्यापार घाटा घटाउने विषयमा उच्च स्तरीय छलफल: वाणिज्य र कृषि मन्त्री सहभागी



काठमाडौं । चितवनमा किसानले उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फ्यालेपछि कृषि उपजको आन्तरिक बजार बढाउने विषयमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा उच्च स्तरिय बैठक बसेको छ ।

मन्त्रालयमा आयोजित बैठकमा वाणिज्य मन्त्री, कृषि मन्त्री, उद्योग सचिव, वाणिज्य सचिव, गृह सचिव, वन सचिव, कृषि सचिव लगायतका उच्च अधिकारी सहभागी भएका छन् ।

पछिल्लो वर्षहरुमा कृषि उपजको आयात बढ्दै जाँदा समेत नेपाली किसानले उत्पादन गरेका फसलले बजार पाउन नसकेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भएको बाणिज्य सचिव मधु मरासिनीले जानकारी दिए ।

बुधबार वाणिज्य मन्त्रालयमा भएको छलफलमा कृषि मन्त्री ज्वाला कुमारी साहले नेपाली किसानको उत्पादनले बजार पाउने सुिनश्चिता गर्न भारतबाट आयात हुने बस्तुमा भन्सार बढाउनु पर्ने बताएकी थिएन् ।

बाणिज्य मन्त्री दामोदर भण्डारीले सप्लाई चेन निर्माण गर्दै नेपाली किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजै पुग्ने वातावरण बनाउनु पर्ने धारणा राखेका थिए ।

पछिल्लो केही वर्षहरुमा कृषि उपज र बन पैदावारको आयात बढ्दै गएकाले त्यसलाई न्यूनिकरण गर्न नेपाली उत्पादकलाई भन्सारबाट सहुलियत दिनुको साथै नेपाल आत्मनिर्भर रहेको बस्तु आयतमा प्रतिबन्ध लगाउनु पर्ने विषय बैठकमा उठेको थियो ।


क्लिकमान्डु