सानिमा लाइफको नाफा २३ प्रतिशतले बढ्यो, बीमा कोषमा ४ अर्ब सञ्चित



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.८५ प्रतिशतले मात्रै धेरै हो ।

गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ अर्ब १६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा २३.६३ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको पुससान्तसम्ममा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १७ करोड ६५ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको आम्दानी ६०.१५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले यस शिर्षकबाट ११ करोड २ लाख ५३ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ४४.३८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ सञ्चित थियो । कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा १४ करोड ६१ लाख रुपैयाँ खर्चेको छ ।

इन्स्योरेन्सले यस अवधिमा २ हजार ३३७ वटा बीमा दावीवापत ३१ करोड ३५ लाख ८० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यस्तै, १६ वटा बीमा दाबीवापत इन्स्योरेन्सले १ करोड २४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३५ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु