पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वर्षका लागि ह्यागर सञ्चालनका लागि ठेक्का आह्वान



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यागर सञ्चालनका लागि बोलपत्र आह्वान भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना प्रकाशित गर्दै विमानस्थल परिसरमा ह्यागर सञ्चालनका लागि ठेक्का आह्वान गरेको हो ।

कार्यालयले विमानस्थल क्षेत्रको ह्यागर भवनको ६३४३ वर्गमिटर क्षेत्रफलमा वायुयान मर्मत सञ्चालनको लागि ठेक्का आह्वान गरेको हो ।

विमानस्थलको ठेक्का अवधी ५ वर्षका लागि हुने सूचनामा उल्लेख गरिएको छ । यसका लागि न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार हुने बताइएको छ भने दोस्रो आर्थिक वर्षबाट राष्ट्र बैंकको मूल्य वृद्धिअनुसार यसलाई बृद्धि गरिने र सोही अनुसारको बहाल रकम बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु