ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुरस्थित बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि उनी बुधबार बालकोट पुगेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

एमाले यसअघिको सहमति अनुसार राष्ट्रपति आफूले पाउनु पर्ने बताइरहेको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा सहमति खोज्न प्रयत्न गर्ने जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि नेताहरुबीच कुरा भएको छ ।


क्लिकमान्डु