अभिकर्ताको लाइसेन्स नवीकरणका लागि आवश्यक कागजात बुझाउन प्राधिकरणको निर्देशन



काठकाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ ।

प्रधिकरणले आफु कार्यरत बीमा कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो ।

बीमा ऐन २०७९ को दफा ९१(७)बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था छ ।

उक्त व्यवस्था कार्यान्वयन गर्न प्राधिकरणले यस्तो निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणकाअनुसार बीमा अभिकर्ताले एसएससी वा सो भन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपार्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउनु पर्नेछ ।

उक्त कागजपत्रहरु तत्काल बीमकको कार्यालयमा नबुझाए बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण नहुने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु