धितोपत्र बोर्डका अध्यक्षको दाबी: वित्तीय गल्ती गरेको भेटे टुँडिखेलमा झुण्ड्याए हुन्छ



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले आफूले धितोपत्र बोर्डमा सुधारका काम शुरु गरेपछि चौतर्फी आक्रमण भएको जिकिर गरे ।

‘कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि मलाई घेराबन्दीमा पारिएको हो’हमालले भने,’मैले कुनै वित्तीय गल्ती गरेको छैन । यदी कुनै कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुण्ड्याउँदा हुन्छ ।’

हमालले आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे।

‘केहीले मसँग विदेशको नागरिकता भएको बताएका छन् । तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्न सकेका छैनन्,’ हमालले भने, ‘मेरोमात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो ।’

हमालले छोरा थाइल्याण्डमा जन्मिएको भए पनि ललितपुर जिल्लाबाट नागरिकता लिएको जानकारी दिए ।


क्लिकमान्डु