सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।

आवेदन दिएकामध्ये १ लाख ७४ हजार ३०० लाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ ।

१३ लाख ४ हजार २०८ जनाले आवेदन दिएकोमा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । बाँकी रहेकालाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँको २१ लाख कित्ता आईपीओ जारी गरेको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर, सुपर मादी हाइड्रोपावरको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु