सेयर बजारमा सामान्य सुधार, यी हुन् कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २०९६.०८ बिन्दुमा रोकिएको छ ।
२५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १.६६, विकास बैंक ११.७४, वित्त कम्पनी २७.७८, होटल २३.९६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३६.०९ अंकले बढेको छ ।
यस्तै जीवन बीमा ५२.९१, माइक्रोफाइनान्स १५.६८, निर्जीबन बीमा ४०.९७, ट्रडिङ समूहको उपसूचक १७.१४ अंकले घटेको छ । कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, जानकी फाइनान्स, चिलिमे हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाए छन् । यस्तै इस्टर्न हाईड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, पाँचथर पावर कम्पनी, यसपत्री हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र नबिल बैंक रहेको छ ।