बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन, कसले दिन पाउँछ आवेदन ?
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेको नेपालीले आवेदन दिन पाउनेछन् । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने छ ।
सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।