छुट्ला है शुभम् पावरको आईपीओमा आवेदन दिन
काठमाडौं । शुभम् पावर कम्पनीको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिनुपनर्ने छ ।
कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपीओ निष्कासन गरेको हो ।
आयोजना प्रभावितले नकिनेको सेयर समेत थप गरेर कम्पनीले सर्वसाधारणका सेयर निष्कासन गरेको छ । ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएकोमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र ११ हाजर ६१० कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।