सेयर बजारमा दोहोरो अंकको पहिरो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजारमा मापन गर्ने सूचक २२.१२ अंकले घटेर परिसूचक २०९४.५४ बिन्दुमा रोकिएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे बनेको छ ।
बैंकिङ समूहको उपसूचक ६.०१, विकास बैंक ६५.६७, वित्त कम्पनी ३०.७९, होटल ५७.६५, जलविद्य्ुत ५४.५१, जीवन बीमा २३६.१६, उत्पादन तथा प्रशोधन १२.४२, माइक्रोफाइनान्स ४२.३५, निर्जीबन बीमा समूहको उपसूचक १३५.२४ अंकले घटेको छ ।
बजारमा पहिरो जाँदा पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा इक्विटी, मिल्टप्रपोज फाइनान्सका लगानीकर्ताले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, रिडी पावर कम्पनी, आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा स्टयान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ । बैंकको १० करोड १३ लाख ९१ हजार २५२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् ।