सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमा आयोजना अति प्रभावित क्षेत्रका स्थानीयका लागि १३ लाख ३३ हजार कित्ता रहेको छ । यसमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आयोजना प्रभावित ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको –१, २, ९ र १०, फक्ताङलुन गाउँपालिकाको १, मिक्वाखोला गाउँपालिकाको १ र २, मेरिङदेन गाउँपालिकाको २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५, मैवाखोला–१ वडाका स्थानीय रहेका छन् । यस्तै प्रभावतिमा ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुका लागि १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीयले सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको जिल्लाका बाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु