कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट, कति आवेदक बने भाग्यमानी ?
काठमाडौं । कालिन्चोक दर्शन कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
आईपीओमा आवेदन दिएका ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ ।
आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएका थिए । जसमा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ ।
कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
८ लाख ९६ हजार ४०० कित्ता भने सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर, कालिन्चोक दर्शनको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।