पुर्वाञ्चल ल्यूव आयलले आइपीओ निष्काशन गर्ने
काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्नका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बुधबार भएको सम्झौतामा पुर्वाञ्चल ल्यूव आयलतर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे ।
सुन्दरहरैचा ९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारी आवद्ध छन् । कम्पनीले पीएलओ ब्राण्डका ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।