बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् ।

बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताए ।

अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको उनको भनाइ थियो ।

उनले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताए।

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको बताए । उनले अर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिवद्ध रहेको बताए ।

मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे ।

आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरुको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताए ।

अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने अर्थमन्त्रीले बताए । उनले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने बताए।

अर्थमन्त्रीले के भने ?

मुलुकको आर्थिक समस्याको बारेमा यसको समाधानका बारेमा चर्चा भइरहेको छ । समस्याका प्रवृत्तिहरु फरक फरक छन्, कति तात्कालीक महत्वका समस्याहरु छन्, तत्काल समाधान गर्नुपर्छ, कति दीर्घकालीन छन्, कति मध्यकालीन छन् त्यही अनुसारका नीतिहरु अघि सार्नुपर्छ । तर तत्कालका समस्या समाधान गर्नुपरेको छ, दीर्घकालीन नीतिहरु अघि सारेर हुँदैन ।

अहिले सरकारले जे जस्ता नीतिहरु अघि सार्दैछ, यो भनेको ज्वरो आउनुभन्दा अघि किन आयो भन्नुभन्दा सिटामोल ख्वाइन्छ, त्यसैले कतिपय बेला तत्कालका उपायहरु अपाउनुपर्छ ।

हामी नयाँ समस्याहरुका चाङको सामुन्नेमा छौँ, बजेटको आकारको चर्चा गर्नुभयो, बजटको आकारका सन्दर्भमा हमीले जस्तो अभ्यास गर्दै आएका छौँ, अब त्यही अभ्यासलाई अनुशरण गर्ने अनुमति अब हामीलाई छैन ।

अब परिस्थितिले हामीलाई के भनेको छ भने बजेटको आकारको बारेमा हामी सच्चिनैपर्छ । गत वर्षको बजेटमा कति प्रतिशत वृद्धि गर्ने भनेर मात्रै त्यो छुट हामीलाई छैन । हामी बजेट रियालिस्टिक बजेट ल्याउने छौँ ।


क्लिकमान्डु