सिटिजन्स बैंकको सीईओमा पोखरेलको निरन्तरता



काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले पोखरेललाई ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।

पोखरेलको कार्यकाल चैत १८ गते सकिन लागेको थियो । पोखरेल २०७५ चैत १८ गतेबाट लागू हुने गरि बैंकको सीईओ नियुक्त भएका थिए ।

पोखरेलले २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा काम गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकका सीईओ राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि २०७५ सालमा पोखरेल सीईओ बनेका थिए ।


क्लिकमान्डु