मेयर कोइरालाद्वारा विराटनगरमा सञ्चालित क्यासिनोको अनुगमन



विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति अनुगमन गरेको छ ।

उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडाप्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र बीग होटलमा सञ्चालित क्यासिनो कक्षको अनुगमन गरेको हो ।

सो क्रममा टोलीले क्यासिनो सञ्चालनका लागि आवश्यक पर्ने कागजातसमेत हेरेको थियो । मेयर कोइरालाले क्यासिनामा बसेका व्यक्तिहरुको परिचयपत्रसमेत हेरेका थिए ।

क्यासिनोमा नेपाली नागरिकलाई खेलाउन नपाउने कानुनी व्यवस्था रहेको छ । अनुगमनका क्रममा दुईवटै क्यासिनोमा खेल्नका लागि आएका नेपाली नागरिक नभेटिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बताए ।


क्लिकमान्डु