भारतमा नयाँ बजेट सार्वजनिक: वार्षिक ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
एजेन्सी । भारतमा नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा भएको छ । बुधबार बजेट घोषणा गर्दै वित्त मन्त्री निर्मला सीतारमणले आयकरसम्बन्धी नयाँ व्यवस्था गरेकी हुन् ।
मध्यमवर्गलाई राहत हुने गरी सरकारले आयकरमा छुट दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ आयकर स्ल्याबमा भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरिएको छ । यसअघि यो रकम ५ लाख थियो ।
७ लाखभन्दा बढी आय भएमा ३-६ लाख सम्म ५ प्रतिशत,६-९ सम्म १० प्रतिशत, ९-१२ सम्म १५ प्रतिशत , १२-१५ सम्म २० प्रतिशत र १५ लाख भन्दा माथि ३० प्रतिशत आयकर तिर्नु पर्ने व्यवस्था गरेको हो ।