शुभम् पावर कम्पनीको आईपीओ निष्कासन
काठमाडौं । शुभम् पावर कम्पनीको आईपीओ निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले निकनेको सेयर थप गरेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको छ । जसमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
२९ हजार ३० कित्ता सामुहिक लगानी कोष र ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
आईपीओमा २२ गतेसम्म आवेदन दिन सकिनेछ । ऊक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।