सेयर बजारमा देखिन थाल्यो ओरालो यात्रा
काठमाडौं । सेयर बजारले ओरालो यात्रा तय गर्न सुरु गरेको छ । नयाँ सरकार बनेलगत्तै बढ्न थालेको बजार पुन घट्न थालेको छ ।
मंगलबारको कारोबारमा बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा रोकिएको छ ।
२५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा प्रायः सबै समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको ११.६३, विकास बैंक १३.५०, वित्त कम्पनी १३.८२, होटल २२.९१, जीवन बीमा १२८.४४, उत्पादन तथा प्रशोधन ४३.५१, माइक्रोफाइनान्स ५४.०५ अंकले घटेको छ ।
यस्तै निर्जीबन बीमा ३२.२४, ट्रेडिङ समूहको उपसूचक १३.०७ अंकले बढेको छ । यस्तै जलविद्युत समूहको उपसूचक ०.६० अंकले बढेको छ ।
बजारमा भारी गिरावट आएपनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै बराही हाईड्रोपावर पब्लिक, लुम्बिनी जनरल इन्स्योरेन्स, इस्टर्न हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
यस्तै प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गणपति लघुवित्त, सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ ।
कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।