तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन वटा जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको आधारभुत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा गरेको हो ।

बैशाख २९ गते यी कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएपछि सेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकाअनुसार मर्जर प्रकृयामा रही सेयर रोक्का रहेको कम्पनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।


क्लिकमान्डु