आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन, कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय र्संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि साधारण सेयर (आईपीओ)
निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६ करोड २३ लाख ३८ हजार रुपैयाँमध्ये २ करोड ३ लाख ३८ हजार रुपैयाँको २० हजार ३३८ कित्ता सेयर निष्कासन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ता अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएपछि सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन खुलाइने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको छ । २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर, ३ हजार ११७ कित्ता सेयर कर्मचारी र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने छ । यस्तै १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।


क्लिकमान्डु